काठमाडौं –१६ मा रास्वपाकी रोजिना श्रेष्ठ निर्वाचित

Bhim Thapa Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , २ महिना अगाडि

काठमाडौं महानगरपालिका–१६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रोजिना श्रेष्ठ निर्वाचित भएकी छिन् । श्रेष्ठ १५ सय ८४ मत प्राप्त गरी विजयी भएकी हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार देवेन्द्र पाठकले १३ सय ४ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार लक्ष्मी रत्न तुलाधरले १२ सय १८ मत प्राप्त गरे निर्वाचन आयोगले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) का मीन बहादुर मानन्धरले ६ सय ५१ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का श्याम कृष्ण श्रेष्ठले ६ सय २२ मत प्राप्त गरे । २०७९ को निर्वाचनमा यहाँ कांग्रेसले जितेको थियो ।