काठमाडौं अदालतको आदेशपछि रवि ६० लाख धरौटीमा थुना मुक्त

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ४ हप्ता अगाडि


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौँबाट धरौटीमा रिहा भएका छन् ।

बुधबार थुनछेक बहसपछि अदालतले सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा रु ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

अदालतको उक्त आदेशानुसार उनी बैंक ग्यारेन्टीमा धरौटी बुझाएर रिहा भएका हुन् । काठमाडौं जिल्ला अदालतको आदेश पछि अब लामिछाने हिरासत बाहिरै बसेर मुद्धा लड्न पाउने छन् ।

कास्कीकाे सूर्यदर्शन सहकारीकाे रकम अपचन गरेको मुद्धामा उनी प्रहरी हिरासतमा रहेको ८४ दिन पछि ६५ लाख धराैटीमा रिहा भएका थिए ।

सहकारी ठगी प्रकरणकाे विषयमा लामिछानेविरुद्ध अन्य जिल्लाहरुमा पनि मुद्धा परेकाे छ । जहाँ जहाँ मुद्धा परेको छ त्यहाँ त्यहाँ हाजिर हुन उनी जानेछन् ।