काठमाडौं ४ माघ । कलाकार भित्रको कलाकार अर्थात चलचित्र ‘एक्टर’ आजदेखी देशभर एकसाथ प्रदर्शनमा आएको छ । देशभरका झण्डै ७० वटा सिनेमा हलमा प्रदर्शनमा आएको चलचित्र एक्टर युवा पुस्ता लक्षित चलचित्र हो । नेपाल टेलिभिजनका समाचार बाचक एबँ पत्रकार मनोहरी थापा द्दवारा निर्माण गरिएको चलचित्रमा नब नायक प्रिन्स थापाको दमदार अभिनय देख्न सकिन्छ ।

पुराना कलाकारहरु सरोज खनाल, कृष्ण मल्ल लगायको समेत अभिनय रहेको एक्टर प्रिन्सको डेब्यू चलचित्र पनि हो ।
विशेष शोहरुमा दर्शकहरुबाट प्रशंसा बटुल्न सफल ‘एक्टर’मा नायक, नायिका नयाँ भएपनि उनिहरुको काम अहिलेका चल्तिका स्थापित कलाकारहरुको भन्दा कम नभएकोले आफु सन्तुष्ट रहेको निर्देशक मदन घिमिरेको भनाई छ ।
आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन, मनोरञ्जनपुर्ण ‘एक्टर’मा मुख्य नायक प्रिन्स थापा मगरको साथमा शिवानी गिरि, कशिस दाहाल, निशा केसी भण्डारी, कृष्ण मल्ल, सरोज खनाल, महेन्द्र मैनाली, शिबु शाह लगायतका कलाकारको अभिनय छ भने चलचित्रमा सम्राट थापाको कथा तथा संगीत रहेको छ । मदन घिमिरेको निर्देशन रहेको ‘एक्टर’ नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको हो ।