काठमाडौ, ५ माघ । पर्बत जिल्लामा महिलाहरु द्धवारा सन्चालित दिदी बहिनी सामुदायिक रेडियोलाई ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार–२०८१’ ंप्रदान गरिएको छ । आज नुवाकोटको सुर्यचौरमा बरिष्ठ पत्रकार गोबिन्द बियोगीको १९ औ स्मृती दिवसको अबसरमा आयोजित कार्यक्रममा २५ हजार रुपयाँ राशिको उक्त पुरस्कार प्रदान गरिएको हो । सम्पादक समाज नेपालले आयोजना गरेको कार्यक्रममा यस वर्षको ‘सम्पादक समाज नेपाल सम्मान’ वरिष्ठ पत्रकार युवराज घिमिरेलाई प्रदान गरिएको थियो ।

यस्तै कार्यक्रममा जनहि १५ हजार राशिको ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार–२०८१’ पुरस्कार जिल्लालाई कार्यक्षेत्र बनाई पत्रकारिता गरिरहनुभएका राजधानी दैनिकका बझाङ संवाददाता एबँ नेपाल पत्रकार महासँघ बझाङका अध्यक्ष डिवी विष्ट तथा नुवाकोटबाट पत्रकारिता गरिरहनु भएका ‘योसमय’ अनलाइन न्यूज पोटलका सम्पादक धु्रब रावललाई प्रदान गरिएको थियो ।
उक्त अबसरमा समाजलाई लामो समय देखी अभिभावकत्व प्रदान गरेकामा संस्थापक अध्यक्ष गोबिन्द वियोगीकी धर्मपत्नी कृष्णवदन वैद्यलाई ९० बर्ष प्रबेश अबसरमा अभिनन्दन गरिएको थियो ।

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम सम्पादक समाजका समाजका अध्यक्ष पुरु रिसालको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा समाजका महासचिव श्यामकाजी डोटेल, संरक्षक किरण वैद्य, कोषाध्यक्ष माधव दुलाल र सदस्य नारायण उपाध्यायले कार्यक्रमलाई सम्बोधन गर्दै गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र र पुस्तकालय स्थापना गरेकाले यो पत्रकारिता क्षेत्रमा अध्ययन र अनुसन्धानको केन्द्र बन्ने विश्वास व्यक्त गरे । प्राकृतिक एवं रमणीय स्थानमा रहेको समाजको भवनमा हप्ताको एकदिन मात्रै भएपनि आएर अध्यन अनुसन्धान गर्न पत्रकारहरुलाई उहाँहरुले आग्रह गर्नु भयो ।
कार्यक्रमलाई पुर्ब प्रधानन्यायाधिस श्रेष्ट, नेकपा (एमाले)का नेता अमृतकुमार बोहरा, संविधानसभा सदस्य खिमलाल देवकोटा, नेपाली कांग्रेसका नेता नरोत्तम वैद्य तथा शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलिया लगायतले जलवायु परिवर्तनका कारण भोगिरहेको समस्या समाधानका लागी सँम्बन्धित निकायको ध्यानाकर्षण गर्न तथा समाजमा सकारात्मक सन्देश प्रवाह गर्न पत्रकार सक्रिय हुनुपर्ने बताएका थिए ।
सम्पादक समाजका सँस्थापक एबँ मातृभूमि साप्ताहिकका सम्पादक बियोगीको २०६२ माघ २ गते निधन भएको थियो ।