साँस्कृतिक झाँकी सहित शँकरापुर सक्व महोत्सब भोली उद्घाटन हुने

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , २ महिना अगाडि

काठमाण्डौ, १५ माघ । चार दिन सम्म चल्ने शँकरापुर सक्व महोत्सब २०८१ को भोली भब्य उद्घाटन हुने भएको छ । बिहान १० बजे बिबिधता झल्कने बाजागाजा सहित साँस्कृतीक झाँकीले नगर परिक्रमा गरेपछी महोत्सबको औपचारिक उद्घाटन हुने उधोग बाणिज्य सँघ शंकरापुरका अध्यक्ष एबँ महोत्सबका ब्यापार तथा स्टल उप समिती सँयोजक सत्यनारायण श्रेष्टले जानकारी दिनुभयो । शँकरापुर नगरपालिकाको आयोजना तथा वडा नँ ६ र ७ को सँयोजनमा भोली माघ १६ देखी १९ गते सम्म ४ दिन हुने महोत्सबको उद्घाटन बागमती प्रदेशका सँस्कृति तथा पर्यटन मन्त्री बिमल ठकुरीले गर्नुहुने कार्यक्रम सँयोजक एबँ नगर प्रबक्ता राधाकृष्ण श्रेष्टले बताउनु भयो ।
सँयोजक श्रेष्टका अनुसार भोलिदेखी शुरुहुने महोत्सबमा साँस्कृतिक झाँकी, परम्परागत जीवनशैली, ऐतिहाँसिक सम्पदाहरुको जानकारी, रैथान उत्पादनको प्रदर्शनी एबँ बिक्रि, ऐतिहाँसिक,धार्मिक स्थलहरुको जानकारी, स्थानिय जात्रा, पर्बहरुको जानकारी, स्थानिय खाजा तथा परिकारहरुको प्रदर्शनी एबँ बिक्रि, नेवा भ्वयू, परँम्परागत नाच, गित, भजन, बिधार्थीहरुको प्रदर्शनी, हस्तकला काष्ठकला, , प्रस्तरकला, चित्रकला, तथा फोटो प्रदर्शनी तथा प्यानल छलफल हुने छ ।