काठमाण्डौ, १७ माघ । सरकारले ल्याएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकप्रति नेपाल पत्रकार महासंघकाे तीनै तह विरोधमा उत्रिएका छन् ।
विज्ञप्ति जारी गर्दै दर्ता भएको विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन ल्याउने प्रावधान राखिएकाले त्यो अस्वीकार्य भएको जनाएका छन्। सामाजिक सञ्जालको नियमन गर्ने नाममा विश्वव्यापी मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल्य मान्यता, हाम्रो संवैधानिक प्रावधान र प्रचलित अभ्याससँग तालमेल मिल्ने गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित नपार्ने गरी विधेयक अघि बढाउनुपर्ने माग महासंघको छ।
विधयेकका कतिपय प्राब्धान प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने प्रबृतिको भएको भन्दै बिरोधमा उत्रिने चेतावनी स्वरुप उक्त बिरोध बिज्ञप्ति निकालेका हुन ।

नेपाल पत्रकार महासँघका महासचिब राम प्रसाद दाहाल, नेपाल पत्रकार महासाघ उपत्यका प्रदेशका महासचिब आशिस गुरागाई तथा नेपाल पत्रकार महासँघ काठमाण्डौ शाखाका सचिब रमेश कुमार बोहोरा द्धवारा जारी बिज्ञप्तीले सरकारलाइ बिबादास्पद बुँदा सच्याउन र पत्रकार महासँघ लगायत सँबन्धित सँस्थाहरुको छलफल पछी मात्रै सँसदमा लैजान चेतावनी दिएका छन ।

