काठमाण्डौ । ‘मन देखिनै चाहना हुनु पर्छ जस्तै परिस्थितिमा पनि जनताको काम गर्न सकिन्छ । नेतृत्व गर्छु भनेपछी अबरोधलाई बहाना बनाउन हैन अबसर बनाउनु पर्छ । २०७४ मा नगरको नेतृत्वमा आउँदा न त कार्यालय थियो, न निति, न ऐन नियम, कार्यालय ब्यबस्थापन गरेर कामको बाताबरण बनाउँदा बनाउँदै बिश्वब्यापी कोभिड १९ को महामारीमा परियो । तर, पनि आफ्नो पर्बाह नगरी नगरवासीको स्वास्थका खातिर, बिकासको चाहनाका अगाडी निरन्तर सक्रिय रह्यौ । जनता सँग मेयर नारा लिएर हरेक महिना जनताका घर घर पुग्यौ । विकासको भीरमा बाटो निर्माण गर्यौ ताकी पछिल्लो नेतृत्वलाई हिड्न सहज होस’ । कागेश्वरी मनोहरा नगरपालिकाका प्रथम नगर प्रमुख कृष्णहरी थापाको भनाइको सार सँक्षेप थियो यो ।
‘स्थानिय तहको पहिलो निर्बाचनबाट निर्बाचित नगर प्रमुख, उपप्रमुख, नगरपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृत लगायतको भेटघाट तथा छलफलमा थापाले भन्नु भयो मेरो कार्यकालमा ६ जना प्रमुख प्रशासकिय अधिकृत फेरीनु भयो र पनि मलाइ सबैबाट सकारात्मक सहयोग रह्यो । शुन्यबाट शुरुगरेको नगरपालिका कार्यकाल पुरा भएर बिदा हुँदा ६१ करोड नगद तथा बैशाख देखी असार सम्मलाई जोड्ने हो भने करिब १ अर्बको ब्यबस्थापन थियो ।
हामी बिदा भएको ३ बर्ष नपुग्दा आज कर्मचारीलाई तलब खुवाउन समेत मुस्किल परेको छ । पछिल्लो बर्षको आँकडा हेर्ने हो भने २०८१ /८२ को लागी २ करोड ७८ लाखको बजेट बनाएको नगरपालिकाले आम्दानी भने पहिलो ६ महिनामा जम्मा ६५ करोड ५४ लाख ७१ हजार मात्रै गरेको छ । दृष्टिकोण बिहिन नेतृत्वभएमा जनताले दुःख पाउँछन भन्ने यो पनि त एउटा उदाहरण हो ‘। पूर्व नगर प्रमुख थापाले भन्नुभयो ।

नेतृत्वले नागरिकको आवाज सुन्नुपर्छ भन्दै छलफलमा पुर्ब उप प्रमुख विन्दु पुडासैनी सिँखडाले आफूले पद छोडेपछी जनस्तरबाट भएको मुल्याङ्कनले उत्साहित बनाएको बताउनु भयो । कर्मचारी र जनप्रतिनिधिले मिलेर काम गरेमा सहज सेवा दिन सकिने बताउनु भयो ।
२६ महिना प्रमुख प्रशासकिय अधिकृत रहनु भएका गिरिराज ज्ञवालीले आफ्नो कार्यकालमा ८८ प्रतिशत पुजीगत खर्च गरि उत्कृष्ट कार्य सम्पादन गरेको बताउँदै कोरोना महामारीको बिषम परिस्थिीमा त्यतिको काम हुनुले प्रशासनिक क्षेत्रमा आफ्नो समेत उचाइ बढेको बताउनु भयो । ज्ञवालीले भन्नु भयो कर्मचारी धेरै राख्दैमा काम हुन्छ भन्ने होइन । ब्यबस्थापन, अनुगमन, निरिक्षण महत्वपुर्ण कुरा हुन । नियम सँग तगर्न नहुने कुरा राजनैतिक नेतृत्वबाट आएमा हुँदैन भन्न सक्नु पर्छ ।
न्गरपालिकाका तत्कालिन योजना प्रमुख तथा ईन्जिनियर उमेश जँग थापाले कोभिडको महामारीमा कार्यालयमा बसेर योजना बनाउने अनुगमन गर्ने, कार्यस्थलमा आबश्यक सहयोग गर्ने गरेकोले त्यतिबेला धेरै काम भएको बताउनु भयो ।
छलफलमा कनूनी सल्लाहकार बिदुर ढुँगाना लगायत बिभिन्न क्षेत्रका बिशिष्ट ब्यक्तित्वहरुको उपस्थिती थियो ।