प्रतिनिधी खेलौनाको गोटी मात्रै,नेताको आर्शिबादमा टिका लगाएर एनआरएनएको नेतृत्व छानिने ?

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रवास , २ महिना अगाडि

काठमाण्डौ, २० बैशाख । सर्बोच्च अदालको आदेशमा गठन भएको गैर आवासिय नेपाली सँघको उच्च स्तरिय समितीले आजदेखी काठमाण्डौमा एकता अधिबेशन आरम्भ गरेको छ । परराष्ट मन्त्री डा.आरजु देउवाले उद्घाटन गरेको एकता महाधिेबेसनमा बिश्व भरका ५० भन्दा बढी देशबाट २ हजार भन्दा बढी प्रतिनिधीले प्रतक्ष सहभागिता जनाएका छन । निर्बाचन मार्फत सर्ब स्विकार्य नेतृत्व चयन गर्ने अधिकार पाएको समितीले भोलि सहमती वा निर्बाचन मार्फत नयाँ नेतृत्व चयन गर्नु पर्ने छ । तर राजनैतिक हस्तक्षेपको चपेटामा पर्दै आइरहेको एनआरएनएको एकता महाधिबेशन पनि त्यसबाट अक्षुतो रहने सँम्भाबना देखिदैन ।


हिजो सम्म अध्यक्ष दाबी गरेका आरके शर्मा, केशब पौडेल तथा महेश्वर श्रेष्ट मध्धे महेश्वर श्रेष्टलाई सहमतीका नाममा अध्यक्ष बनाउने सर्तमा मात्रै महाधिबेशन उद्घाटमा सहभागी भएको आशयको सँबोधन स्वयँम परराष्टमन्त्री देउवाले गरेकी थिइन । यस अघि सँभाबित अध्यक्षको रुपमा बधाइ थापी सकेका र आरके शर्मा चिसै पानीले नुहाएर फर्कने सँभाबना बढेको छ । आरके शर्माको नेतृत्व चयन गर्न अत्याधिक प्रतिनिधी काठमाण्डौ आएपनि चुनाब नहुने सँकेत पाएपछी निराश बनेका छन । उनिहरुले आफुलाई प्रतिनिधी छनौटमा सहभागी हुनबाट बन्चित गराएर नेताहरुले खेलौनाको गोटी मात्रै बनाएको दुखेसो गरेका छन ।
एनआरएनको एकतामा जोड दिएको सहमति र सहकार्यको भाषण गर्ने एनआरएन भित्र राजनिति नगर्नु भन्ने परराष्टमन्त्रीले नै खुल्ला हस्तक्षेप गरेपछी एकता महाधिबेशनको अर्थ के होला चर्चा चल्न थालेको छ । अर्कोतिर एमालेले एकता महाधिबेशनमा सहभागी नहुन भात्री सँगठन नेपाली प्रवासी मन्च मार्फत निर्दैशन गरेको चर्चा बिच उक्त समुहका कोहि सहभागी भएनन । अब भोली सम्ममा हेर्नु छ । निर्बाचन मार्फत प्रतिनिधीले छानेको नेतृत्व आउँछ कि नेताको आर्शिबादको टिका लगाएको ?