सँस्थागत पत्रकारिता पुरस्कार अध्यक्ष अर्याललाई

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , १ महिना अगाडि

काठमाण्डौ, १५ जेठ । गणतन्त्र दिवस २०८२ को अवसरमा बागमती प्रदेश सरकारले नेपाल पत्रकार महासँघ काठमाण्डौ शाखाकी अध्यक्ष शोभा अर्याललाई सँस्थागत पत्रकारिता पुरस्कारले सम्मान गरेको छ । बागमती प्रदेशका १३ जिल्ला मध्धे एकमात्र निर्बाचित महिला अध्यक्ष अर्याल पत्रकार महासँघको सँस्थागत बिकास तथा साना लगानीका र स्वरोजगार मुलक पत्रिकारको बचाउ एबँ उत्थानका लागी अभियान शुरु गर्दै पालिका, प्रदेश सरकार तथा केन्द्र सरकार सम्म ध्यानाकर्षण तल्लीन हुनुहूनछ ।


यसैगरी बागमती प्रदेश सरकारले अग्रज सम्मान पत्रकारिता पुरस्कार पत्रकार महासंघ बागमतीका संस्थापक अध्यक्ष प्रताप बिष्ट(मकवानपुर), बागमती पत्रकारिता पुरस्कार काठमाडौका कुमारभक्त रजिञ्तकार (नेपालमा भाषामा समाचार तथा कार्यक्रम सञ्चालन गर्ने), ग्रामिण पत्रकारिता पुरस्कार धादिङमा क्रियाशिल पत्रकार नवराज छत्कुली,विकास पत्रकारिता पुरस्कार चितवनका नेपोलियन चेपाङ, (गोरखापत्र दैनिकमा चेपाङ भाषा सम्पादनमा क्रियाशिल), प्रदेश गौरव पत्रकारिता पुरस्कार सिन्धुपाल्चोकमा तामाङ भाषामा समाचार सम्पादनमा क्रियाशिल कमला स्याङतान तामाङ (अस्मी), युवा पत्रकारिता पुरस्कार नुवाकोटका रामचन्द्र अर्याल (जनआन्दोलनका घाइते तथा काठमाडौमा हिमालयन टेलिभिजनमा क्रियाशिल) लाई प्रदान गरेको छ । पुरस्कारको राशी जनही २५ हजार रूपैयाँ तथा सम्मान पत्र रहेको छ ।


यसैबिच नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाले आज वागमती प्रदेश सरकारलाई शाखाको तर्फबाट ९ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।

शाखा अध्यक्ष शोभा अर्यालको नेतृत्वमा हेटौंडा पुगेको शाखा टोलिले वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय सुरज चन्द्र लामिछानेलाई ध्यानाकर्षण पत्र बुझाएको हो।