काठमाण्डौ, १७ जेठ । पुर्ब प्रधानमन्त्रीहरु माधब नेपाल र झलनाथ खनालले जिएस मोटर्सको नयाँ सोरुमको उद्घाटन गरेका छन । काठमाण्डौको स्वयँम्भु स्थित कारखाना चोकमा खुलेको गाडी खरिद बिक्रि केन्द्र जिएस मोटर्सको आज एक समारोहका बिच नेपाल र खनालले समुद्घाटन गरेका हुन ।

डेड दशक कतारमा श्रम गरि फर्केका रिटर्नी द्धवय राजन दँगाल तथा कृष्ण प्रसाद लामिछाने लगायतको साझेदारीमा सन्चालनमा रहेको जिएस मोटर्स प्राली बिगत ५ बर्षदेखी कलँकी स्थिीत स्यूचाटार चोकमा सन्चालनमा रहेको थियो ।

उद्घाटन समारोहलाई सँक्षिप्त सँबोधन गर्दै नेकपा समाजबादीका नेता समेत रहेका पुर्ब प्रधानमन्त्री खनालले रिटर्नीले स्वदेशमा फर्केर गर्न लागेको ब्यबसायलाई सबैले सा दिनुपर्ने र सरकारले समेत सहयोग गर्नुपर्ने बताए ।

कम्पनीका सन्चालक गोपाल न्योपानेले फाइनान्सको सुबिधा सहित नयाँ पुराना गाडी खरिद बिक्रि गर्दै आइरहेको जानकारी गराएको शोरुप उद्घाटन समारोहमा बागमती प्रदेशका पुर्ब मुख्यमन्त्री राजेन्द्र पाण्डे,

रिटर्नी फेडेरेशनका अध्यक्ष बिनोद भट्राई लगायत सयौको उपस्थिती रहेको थियो ।
