सँभाबित विपद्को प्रतिकार्य तयारीमा कागेश्वरी मनोहरा नगरपालिका

Dipak Pudasaini Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , ४ हप्ता अगाडि

काठमाण्डौ, ३० जेठ । देशमा मनस’न भित्रिसकेको परिप्रेक्षमा उक्त मनसुनले पुर्याउन सक्ने क्षती न्यूनिकरणको तयारीमा कागेश्वरी मनोहरा नगरपालिका जुटेको छ ।


नगरपालिकाको कार्यालय थलीमा भएको बिपद् ब्यबस्थापनको १०औ बैठकमा आगामी दिनमा बिपद्जन्य घटनाबाट हुनसक्ने क्षती न्यूनिकरणका लागी ब्यापक तयारी भएको जानकारी गराइएको थियो ।


बैठकमा नगर प्रमुख एबँ बिपद् ब्यबस्थापन समितीका सँयोजक उपेन्द्र कार्कीले सरकारले यसबर्ष पानी बढीपर्ने र मनसुनजन्य बिपद्का घटना बढ्न सक्ने प्रक्षेपण गरेकाले बिपद्का घटनाबाट हुने क्षती न्यूनीकरण गर्न सबैपक्षको साथ आबश्यक रहेको बताउनू भयो । कागेश्वरी मनोहरा नगरपालिकामा बस्ती खोलातर्फ बढ्दै गइरहेको प्रति सँकेत गर्दै नगर प्रमुख कार्कीले बर्षाको बाढीमा खोला बस्तीमा पसेको हो वा बस्ती खोलामा पसेको हो त्यसको बिश्लेषण हुनुपर्ने बताउनू भयो ।


नगरपालिका भित्र पहिरो, बाढी तथा डुबानको समस्या रहेको जानकारी गराउँदै उहाँले पहिरो जानसक्ने सँभाबित ठाउँहरुको पहिचान गरी पहिलेनै रोकथामको उपाय अबलँम्बन गर्न पनि नगरका प्रबिधीकहरुलाई आग्रह गर्नुभयो । पहिरो गएका र जानसक्ने ठाउँहरुको पहिचान गरी रोकथाम गर्न नगरपालिकाले प्रदेश तथा सँघिय सरकार सँगपनि समन्यव गरिरहेको नगर प्रमुख कार्कीले जानकारी गराउनू भयो ।
बैठकमा नगर उपप्रमुख शान्ता थापाले जनप्रतिनिधी, स्वयँसेबक मात्रै सचेत भएर हुँदैन नगरवासी नागरिक पनि उतिकै सचेत रहनु पर्ने बताउनू भयो । बिपद्का घटना एकैपटक आइपर्ने भन्दै उप प्रमुख थापाले नगरवासी, राजनैतिकदल, सुरक्षा निकाय, रेडक्रस लगायत बिभिन्न सँघसँस्था बिच समन्वय जरुरी हुने बताउनू भयो ।


वातावरण एबँ बिपद् समिती सँयोजक तथा वडा नँ ४ का अध्यक्ष बिजय श्रेष्ट धन ले बिपद् जहिले पनि आउन सक्ने भन्दै नगर भित्रका पुर्ब सुरक्षाकर्मी लगायतलाई तालिम दिई तयारी अबस्थामा राखिएको जानकारी गराउनू भयो ।
बिपद् ब्यबस्थापन शाखा प्रमुख हरि धितालले गतबर्षको बिपद्का घटनाले नगरपालिका भित्र भएको क्षती, गरिएको उद्दार तथा राहत र क्षतिपुर्ती लगायतका बिषयमा बिशेष प्रस्तुती पस्कनू भएको थियो ।
बैठकमा सुरक्षा निकायका प्रतिनिधीहरुले बिपद्का बेला उद्दार तथा राहतका लागी गर्नुपर्ने तयारी तथा तालिमका बारे जानकारी गराउनू भएको थियो भने नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखा तथा बिभिन्न राजनैतिक दलका प्रतिनिधीहरुले सँभाबित बिपद्का घटनामा सहकार्य र हातेमालो गर्ने प्रतिबद्धता जनाउनू भएको थियो ।