काठमाण्डौ, ४ असोज । भ्रष्टाचार नियन्त्रण र शु – शासन कायम गर्नु पर्ने माग सहित सरकार बिरुद्ध गत भाद्र २३ र २४ गते ZEN-Z युवा समुहले आन्दोलन गरेका थिए ।

उक्त आन्दोलनका क्रममा २३ गते नै सरकार द्धवारा डेड दर्जन युवाको निर्मम हत्या भएपछी २४ गते भड्किएको हिँसामा प्रदर्शनकारीले आगजनी र तोडफोड गरी प्रहरी प्रभाग थलीमा लुटपाट समेत भएको थियो ।

उक्त प्रहरी चौकी स्थानिय नागरीकले एक हप्तामै पुननिर्माण गरी आज प्रहरीलाई हस्तान्तरण गरेका छन ।

स्थानिय केशब सिँखडाको सँयोजकत्वमा १५ सदस्यिय थली चौकी पुननिर्माण समिती गठन गरी कार्य आरम्भ भएको थियो । २७ भाद्र बाट आरम्भ भएको पुनर्निमाणका लागि करिब ८ लाख नगद तथा कार्यलायको लागी आबश्यक फर्निचर, कम्यूटर, निर्माण सामग्री लगायत सहयोग उपलब्ध भएको चौकी पुननिर्माण समितीले हस्तान्तरण समारोहमा जानकारी दिएको थियो ।

उक्त समारोहमा थलि प्रभाग थलीमा खटिएर आएका प्रहरीहरुलाई निर्माण समितीले पुष्पगुच्छा द्धवारा स्वागत गरेका थिए ।


