काठमाडौंलाई विभेदमुक्त सहर बनाउने काठमाडौं महानगरपालिकाका मेयर शाक्यको प्रतिवद्धता

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,६ असार । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंलाई विभेद्मुक्त सहर बनाउने प्रतिवद्धता व्यक्त गरेका छन । मेयर शाक्यले महानगरपालिकालाई समृद्ध बनाउन महिला सशक्तिकरणको कार्यलाई आफूले जोड दिने नीति लिएको दावी समेत गरे । उनले जातीय, धार्मिक र लैंगिक विभेद् अन्त्य गरेर मात्रै समृद्ध समाज निर्माण हुन्छ भन्ने मान्यतामा आफू प्रतिवद्ध रहँदै आएको पनि उल्लेख गरे । मंगलबार राष्ट्रिय सूचना आयोगले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले अवसरहरुको सृजना गरेर मात्रै विद्यमान विभेदलाई अन्त्य गर्न सकिने धारणा पनि राखे ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हकमा जनताको सहज पहुँच पु¥याउन स्थानीय तहका जनप्रतिनिधिहरु प्रतिवद्ध भएर लाग्नुपर्ने आवश्यक्ता औल्याएका थिए ।