एमालेलाई जबर्जस्ती सरकारबाट हटाइयो : नेता नेम्वाङ

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

इलाम, ८ असार । नेकपा (एमाले) संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले एमालेले सरकारमा छँदा राम्रो काम गरेकाले अन्य पार्टी मिलेर एमालेलाई सरकारबाट जबर्जस्ती हटाएको आरोप लगाएका छन्  ।

इलाम पुगेका नेम्वाङले भने -‘ एमालेले जति सरकार चलायो, त्यति राम्रा काम ग¥यो, तर अरू पार्टीले त्यसको इष्र्या गरेर सरकारबाट हटाए । ‘सरकार विभिन्न बहानामा निर्वाचनको मिति सार्ने पक्षमा थियो तर एमालेको निरन्तर दबाबका कारण सरकार मिति तोक्न बाध्य भएको बताए  । नेम्वाङले भूकम्पले थिलथिलो पारेको नेपाललाई भारतले नाकाबन्दी लगाउँदासमेत एमालेको सरकारले सामना गरेको प्रसङ्ग उल्लेख गरे

राजपाको बहाना बनाएर निर्वाचन पछि धकेलेको उनले बताए  । संविधानले हिमाल, पहाड र तराईका सम्पूर्ण जनतालाई समेटेको उल्लेख गर्दै संविधानको पूर्ण कार्यान्वयनमा जोड दिनुपर्ने बताए  । दोस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो पार्टी हुने दाबी गर्दै उनले जनता एमालेकै पक्षमा रहेको जिकिर गरे   ।