चिनियाँ प्रतिनिधिमण्डल स्वदेश प्रस्थान

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ७ वर्ष अगाडि

काठमाडौँ, ८ असार । नेपाल–चीन संयुक्त परामर्श संयन्त्रको ११ औँ बैठकमा भाग लिने सिलसिलामा यहाँ रहेको चीनको परराष्ट्र मन्त्रालयका सचिव कुङ सेन यु नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डल आज बिहान स्वदेश प्रस्थान ग¥यो ।

प्रधानमन्त्री शेरबहादुर देउवा र उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग चिनियाँ प्रतिनिधिमण्डलले बुधबार अपराह्न बेग्लाबेग्लै शिष्टाचार भेट गरेको थियो । साथै, चिनियाँ टोलीले भूकम्पबाट क्षतिग्रस्त वसन्तपुर दरबार क्षेत्रमा जारी पुनःनिर्माणबारे जानकारी लिनाका साथै चिनियाँ सहयोगमा निर्मित निजामती अस्पतालको स्थलगत निरीक्षण गरेको थियो । चिनियाँ प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चीनका राजदूत यु होङ र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले बिदाइ गरे  रासस