सचिव सरुवा गर्ने सरकारको निर्णयलाई आफूले सहज रुपमा लिएको डा यादवको टिप्पणी

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,९ असार ।प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन आयोगको सचिव सरुवा गर्ने सरकारको निर्णयलाई आफूले सहज रुपमा लिएको टिप्पणी गरेका छन । प्रमुख निर्वाचन आयुक्त यादवले आयोगका सचिवको सरुवाले निर्वाचनको काममा कुनै असर नगर्ने दावी पनि गरे । प्रमुख निर्वाचन आयुक्त यादवकै दवावमा सरकारले विहिबार निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीलाई सरुवा गरेको आरोप लगाइएको छ । तर, प्रमुख निर्वाचन आयुक्त यादवले भने सचिव सरुवालाई आफूले स्वभाविकै रुपमा लिएको प्रतिक्रिया दिए । उनले विगत साँढे दश वर्षमा १३ जना सचिव आयागेबाट सरुवा भएको स्मरण पनि गराए । शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निर्वाचनको व्यवस्थापकीय काम सदृढ रहेको पनि उल्लेख गरे ।

यता, मैनालीले भने विलासी गाडी खरिद गर्ने प्रक्रियामा आफूले असहमति जनाएपछि सुरुवा हुनु परेको बताएका थिए । विहिबार बसेको मन्त्रीपरिषद बैठकले आयोगका सचिव मैनालीलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा सुरुवा गरेको थियो ।