कैलाली १३ असार । आफैंले बोकेको बम आत्मघाती रुपमा विस्फोटन हुँदा कैलालीमा नेकपा माओवादी विप्लव समूहका एक कार्यकर्ताको मृत्यु भएको छ ।
गए राति करिब १० बजेतिर वम विष्फोट गराउने क्रममा आफैँले बोकेको बम पड्किँदा धनगढी उपमहानगरपालिका–१२ जुगेडा घर भएका ‘सनराइज’ भनेर चिनिने २९ वर्षीय चन्द्रबहादुर सिंहको मृत्यु भएको कैलालीका प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । घटनालगत्तै उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पुर्याइएका सिंहको राति करिब ११ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । धनगढी १२ जुगेडा निवासी मृतक सिंह विप्लव समूहका कैलाली जिल्ला सदस्य थिए ।