दोस्रो चरणको स्थानीय तहको निर्वाचन जारी, मतदानका लागि प्रमुख दलका नेताहरु आ-आफ्नो क्षेत्रमा

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौँ, १४ असार । प्रदेश नं १, ५ र ७ मा आज दोस्रो चरणको स्थानीय तहको निर्वाचन भई रहेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया अपराह्न ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा सहभागी भई १५ हजार ३८ प्रतिनिधि निर्वाचित गर्नेछन् ।

यस निर्वाचनका लागि ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन भने ४१ जना निर्विरोध निर्वाचित भइसकेका छन् । स्थानीय तहको निर्वाचनमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य चयन हुनेछन् । प्रमुख दलका शिर्ष नेताहरु पनि आफनो क्षेत्रमा गएर मतदान गरेका छन ।निर्वाचनका लागि आठ हजार ३६४ मतदान केन्द्र तोकिएको छ ।

pradip

यसका लागि देशभर चार हजार ५८१ मतदानस्थलमा आठ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदानमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिएका छन् ।

निर्वाचन आयोगले सम्पूर्ण सुरक्षाको प्रबन्ध गरिएकाले ढुक्क भएर मताधिकार प्रयोग गर्न आग्रह गरेको छ । पहिलो चरणमा प्रदेश नं ३, ४ र ६ मा गत वैशाख ३१ मा निर्वाचन भएको थियो भने प्रदेश नं २ को निर्वाचन तेस्रो चरणमा आगामी असोज २ गतेका लागि तोकिएको छ ।