दोस्रो चरणको मतगणना जारी,प्रारम्भिक नतिजा अनुसार एमाले नै अगाडी

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , स्थानीय निर्वाचन , ७ वर्ष अगाडि

काठमाण्डौ,१५ असार । स्थानीय तह दोस्रो चरण निर्वाचनको नतिजा आउन सुरु भएको छ । प्रारम्भिक नतिजा अनुसार नेकपा एमाले नै अग्रता लिएको रहेको छ । नतिजा अनुसार संखुभासभा खाँदबारी नगरपालिका वडानम्बर १० को वडा अध्यक्षमा कांग्रेसका केशवराज सिंह थापा विजयी भएका छन् । थापाले ५ सय ७५ मत प्राप्त गरेका छन् ।
त्यस्तै बाजुराको छेडेदह गाउँपालिका वडा नम्बर १ मा एमालेका वीरवहादुर रावतको प्यानल बिजयी भएको छ ।
उता, दाङको गढवा गाउँपालिका वडा नं। ८ मा माओवादी केन्द्रको पूरै प्यानल विजयी भएको छ । अध्यक्षमा सद्धाम सिद्दीकी १०७ मत प्राप्त गरी विजयी भएका हुन् भने रोल्पा जिल्लामा पनि कांग्रेसले खाता खोलेको छ । सुकिदह गाउँपालिका वडानम्बर १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । वडाअध्यक्ष अजमत डाँगी ३२२ मत ल्याएर विजयी भएका छन् । यसबाहेक नवलपरासीको प्रतापपुर गाँउपालिका वडानम्वर ५ मा काँग्रेसको प्यानल नै विजय भएको छ । यहाँ वडाअध्यक्ष मानबहादुुर चौधरीसहितको प्यानल विजय भएको हो ।
६–बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर १ मा काँग्रेसले जित प्राप्त गरेको छ । काँग्रेस उम्मेदवार राम बहादुर कार्की ५४० मतसहित वडाअध्यक्षमा निर्वाचित भएका छन् ।
५–बझाङको मस्टा गाउँपालिकाका दुई वडामा एमालले जित निकालेको छ । वडा नम्बर १ मा एमालेका राजेन्द्र खड्काको प्यानल बिजयी भएको छ । वडा नम्बर ७ मा पनि एमालेका बमबहादुर बोहोराको प्यानल विजय भएको छ ।
यस्तै दाङको राप्ती गाउँपालिका–९ मा माओवादीका रीमबहादुर सुनारीमगर २०१ मत ल्याएर वडाअध्यक्षमा विजय भएका छन् । उनीसहित सवै प्यालन माओवादी केन्द्रले जितेको छ । यस अघि माओवादीले भोजपुरमा वडाअध्यक्ष जितेको छ । रामप्रसाद राई गाउँपालिका–ं ८ मा माओबादी केन्द्रका वडाध्यक्ष उमेदवार मनोज राईको प्यानल नै विजयी भएको हो ।