प्रधानसेनापति क्षत्री अमेरिका र बेलायत जाँदै

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौँ, १६ असार । प्रधानसेनापति राजेन्द्र क्षत्री रक्षासम्बन्धी कार्यक्रममा भाग लिन शुक्रबार संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्य बेलायतका लागि प्रस्थान गर्दै छन ।

संयुक्त राष्ट्रसङ्घको मुख्यालय, न्युयोर्कमा असार २३ गते आयोजना सो विश्व शान्ति कार्यमा शान्ति सैनिक पठाउने देशको दोस्रो प्रमुख रक्षा सम्मेलन तथा बेलायतका सेनाध्यक्षको औपचारिक निमन्त्रणामा ती दुई मुलुकतर्फ जान लागेका हुन।
राष्ट्रसङ्घ मुख्यालय, भ्रमणका क्रममा प्रधानसेनापति क्षत्री असार २३ गते संयुक्त राष्ट्रसङ्घ मुख्यालयमा आयोजना हुने दोस्रो प्रमुख रक्षा सम्मेलनमा सहभागी हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानसेनापति क्षत्रीले विशिष्ट व्यक्तिसँग छुट्टाछुट्टै भेटघाटका साथै राष्ट्रसङ्घको शान्ति सैनिक मिसन कङ्गो तथा दक्षिण सुडानका सैनिक नेतृत्वसँग समेत छुट्टाछुट्टै भेटघाट हुने कार्यक्रम रहेको छ ।प्रधानसेनापति क्षत्री यही असार ३१ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ । रासस