पूर्व सांसदहरुलाई पनि चाहिने भो सेवा र सुविधा…..

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ८ वर्ष अगाडि

काठमाण्डौ,१६असार । प्रमुख तीन दलका नेताहरुले पूर्व सांसदहरुलाई आवश्यक सेवा र सुविधाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन । सत्तारुढ काँग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, एमाले प्रमुख सचेतक भानुभक्त ढकाल र नेकपा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पु¥याएका पूर्व सांसदहरुलाई राज्यले आवश्यक सेवा र सुविधा उपलब्ध नगराएकोमा आपत्ति पनि जनाए ।

५९ औं संसद दिवसको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सत्तारुढ काँग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठले पूर्व सांसदहरुको सेवा र सुविधा उपलब्ध गराउन सक्दो पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले पूर्व सांसदहरु मुलुक निर्माणका लागि खारिएको व्यक्तित्व भएको उल्लेख गर्दै उनीहरुको सम्मान गर्नु राष्ट्रकै दायित्व भएको बताए ।

प्रमुख प्रतिपक्ष एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले पूर्व सांसदहरुलाई राज्यले सम्मान गर्नुपर्ने आवश्यक्ता औंल्याए । उनले पूर्व सांसदहरुलाई यातायातको व्यवस्था, निःशुल्क उपचार खर्चको व्यवस्था गर्न आफ्नो पार्टी लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरे।नेकपा माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले पूर्व सांसदहरुलाई सेवा र सुविधा नदिएर राज्यले अपमान गरिरहेको आरोप लगाउनु भयो । उनले तत्काल पूर्व सांसदहरुलाई उचित सेवा, सुविधाको व्यवस्था गर्न सरकारसँग माग पनि गरे ।

कार्यक्रममा बोल्दै पूर्व सभामुख तारानाथ रानाभाटले जनताको भावना अनुसार नचले संसदीय व्यवस्थाको औचित्य नरहने बताए । उहाँले ठूला तीन दल राष्ट्र र जनताको सेवा गर्न प्रतिवद्ध हुनुपर्ने पनि उल्लेख गरे ।पूर्व सांसदहरुले उपचार खर्च र यातायातका साधनको व्यवस्था गर्न सरकारसँग माग गर्दै आएका छन ।