वडाध्यक्षमा फोरम लोकतान्त्रिक विजयी

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , स्थानीय निर्वाचन , ७ वर्ष अगाडि

धनगढी, १६ असार । कैलालीको टीकापुर नगरपालिका–३ र ६को अन्तिम मतपरिणाम सार्वजनिक गरिएको छ । सहायक निर्वाचन अधिकृत वसन्त बोहराका अनुसार वडा नं ३ मा नेपाल फोरम लोकतान्त्रिकका रामसेवक चौधरी ५४० मत ल्याएर वडा अध्यक्षमा विजयी भए  । उक्त वडाको एक सदस्य नेकपा (माओवादी केन्द्र) र बाँकी तीन सदस्य लोकतान्त्रिक फोरमले जितेको छ ।

यसैगरी वडा नं ६ मा लोकतान्त्रिक फोरमकै बलीराम चौधरी ५२१ मत प्राप्त गरी वडाध्यक्षमा विजयी हुनुभएको छ । उक्त वडाका सबै सदस्यमा लोकतान्त्रिक विजयी भएको छ । टीकापुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाल लोकतान्त्रिक फोरमले सुरुदेखि नै अग्रता लिइरहेको छ । एमालेका प्रत्यासीले उनीहरुलाई पछ्याइरहेका छन्  ।

कैलालीको घोडाघोडी नगरपालिका–१२ को वडाध्यक्षसहित पूरै समूह माओवादी केन्द्र विजयी भएको घोषणा यसअघिनै गरिसकिएको छ । वडा अध्यक्षमा विजयी प्रनाकुमार चौधरीले ६८९ मत र उनको निकटतम काँग्रेसका रामदुलारे चौधरीले ४६५ मत प्राप्त गरे  । रासस