बीस दिनदेखि बेपत्ता व्यापारी श्रेष्ठको शव फेला

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

सल्यान, १६ असार । अपहरणमा परेका दाङका व्यापारी राजकुमार श्रेष्ठको शव सल्यानमा आज फेला परेको छ ।
श्रेष्ठको शव छत्रेश्वरी गाउँपालिका–४ झिम्पेमा रहेको घना जङ्गलमा फेला परेको हो । श्रेष्ठको हत्या धेरै दिनअघि भएकाले पहिचान गर्न गाह्रो भएको र उनले लगाएको लुगाबाट शवको पहिचान गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सोही दिन अपहरणमा परेका रणबहादुर घर्तीकोे अवस्था अझै अज्ञात रहेको छ ।

गएको जेठ २६ गते राति बेपत्ता भएका व्यापारी श्रेष्ठ चढेको बा १२ च १०७१ नम्बरको गाडी सल्यानकै रिम गाविसमा फेला परेको थियो । अपहरणमा परेका श्रेष्ठको खोजीका लागि नेपाल प्रहरीको सिआइवीको टोली सल्यानमा आएको थियो ।
टोलीले अपहरणमा संलग्नमध्ये केहीलाई पक्राउ गरेपछि श्रेष्ठको हत्या भएको पत्ता लागेको प्रहरीले जनाएको छ । श्रेष्ठको शवलाई दाङ लगेपछि आजै प्रहरीले पत्रकार सम्मेलन गरी थप जानकारी दिने जनाएको छ ।