काठमाडौँ १९ असार । गत असार १४ गते प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहमा दोस्रो चरणको निर्वाचनको मतगणना जारी छ भने मत परिणाम आउने क्रमपनि चलिरहेको छ ।
अधिकांश स्थानको मतगणना अन्तिम चरणमा पुगेको छ । हामीलाई प्राप्त पछिल्लो जानकारी अनुसार नेकपा एमालेले सबैभन्दा बढी तहमा जितेर पहिलो बनेको छ भने दोस्रोमा नेपाली कांग्रेस रहेको छ । प्रचण्डको माओवादी केन्द्र भने पहिलो चरणमा जस्तै यसपटक पनि तेस्रो स्थानमा नै थन्किएको छ ।
प्राप्त पछिल्लो तथ्याङ्क अनुसार एमालेले १२६ , कांग्रेसले १०८ र माओवादी केन्द्रले ३६ स्थानमा जितेका छन् यस्तै फोरम नयाँशक्ति ६ , फोरम लोकतान्त्रिक ६ ,राप्रपा ३ र स्वतन्त्रले २ स्थानमा जित हासिल गरेका छन ।
य