काठमाण्डौ,१९ असार ।मेलम्ची खानेपानी आयोजनाले पाइप बिच्छाउने काम सकेपछि पनि सडक लथालिङ अवस्थामा छाडेको भन्दै आक्रोसित बनेका काठमाण्डौ आरुबारीका स्थानीय बासिन्दाले आज बिहानै देखि उक्त सडक खण्डमा सवारीसाधन चल्न दिएका छैनन् ।
हिलोले सडकमा हिड्न सक्ने अवस्था नभए पछि स्थानीयबासिन्दाले गोकर्णेश्वर नगरपालिकाको आरुवारी शहिदपार्कक सडक खण्डको सबै नाकामा ढुङगाको पर्खाल तथा ढल तेस्राएर अबरुद्ध गरेका हुन । तत्काल मेलम्ची खानेपानी आयोजना तथा निमार्णको जिम्मा पाएको कालिका कन्स्ट्रक्सनले सडकमा ग्राबेल हालेर हिड्न मिल्ने नबनाए सम्म बाटो नखोल्ने स्थानीय बासिन्दाले बताएका छन ।
जब तीन बर्ष अघि खानेपानीको पाइप बिच्छाउन सडक खन्न सुरु गरियो त्यसबेला देखि नै उक्त सडक खण्डमा बर्षाको समय हिड्न समेत मुस्किल हुने गरेको स्थानीय बासिन्दा बताउँछन । एउटा सरकारी बिद्यालय र आधादर्जन निजी बिद्यालय रहेको सो क्षेत्रमा स्कूल जाने÷आउने बालबालिका सधै जोखिम मोलेर हिड्न बाध्य छन ।
सडकको अवस्थाको बारेमा पटक पटक स्थानिय प्रतिनिधी मार्फत सम्बन्धित निकायमा सडकको दुराअवस्थाको बारेमा कुरा पुरयाउने गरिए पनि कुनै सुनुवाई नभएको स्थानीयाबसिन्दाको भनाई छ । सम्बन्धीत पक्षलाई दबाब दिन आक्रोसित स्थानिय बासिन्दाले कर्मचारीहरुलाई बाहिर निकालेर मेलम्ची खानेपानी आयोजनाको निर्माणाधिन पानी टयांकीमा समेत तालाबन्दि गरि दिएका छन । हाल मेलम्ची खानेपानी आयोजनाले राजधानीमा पानी बितरण गर्नका लागि निमार्ण गर्न लागेको दुई वटा ठुला पानी टयांकी समेत आरुबारीमा नै पर्दछ ।