भारतमा पढेका सीएले अब नेपालमा मान्यता नपाउने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,२० असार । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था अर्थात आइक्यानको परिषद्ले भारतमा पढेको सीए डिग्रीलाई मान्यता नदिने निर्णय गरेको छ । आइक्यानको डिग्रीलाई भारतीय संस्था इन्ष्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डिया आइसीएआईले मान्यता नदिएको भन्दै यस्तो निर्णय गरेको हो । परिषद्को २ सय १६ औं बैठकले आगामी वर्षको साउनदेखि भर्ना भएका विद्यार्थीको डिग्रीलाई मान्यता नदिने निर्णय गरेको हो । आइक्यानले अन्य मुलुकमा अध्ययन गरेका विद्यार्थीलाई मान्यता दिएपनि भारतमा अध्ययन गरेकालाई मात्रै मान्यता नदिने निर्णय गरेको भन्दै सरोकारवालाले बिरोध जनाएका छन् । आइक्यानले अष्ट्रेलिया र बेलायतबीच मात्रै पारस्परिक सम्झौता गरेको छ । आइक्यानबाट ३ सय ८० जना चार्टर्ड एकाउन्टेन्ट उतिर्ण गराइसकेको संस्थाले जनाएको छ ।