वातावरण समितिको सभापतिमा क्षेत्री निर्विरोध निर्वाचित

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,२२ असार ।व्यवस्थापिका संसद वातावरण संरक्षण समितिको सभापतिमा नेपाल लोकतान्त्रिक पार्टीकी सांसद गीता क्षेत्री निर्विरोध निर्वाचित भएकी छिन । विहिबार वातावरण संरक्षण समितिको सभापति पदका लागि भएको निर्वाचनमा नेपाल लोकतान्त्रिक पार्टीकी सांसद क्षेत्री निर्विरोध निर्वाचित भएकी हुन। क्षेत्रीलाई सभापति पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव समितिका सदस्य काँग्रेस सांसद भीमसेनदास प्रधानले र समर्थन नेकपा माओवादी केन्द्रकी सांसद सोनिया यादवले गरेका थिए ।

क्षेत्रीको मात्रै उम्मेदवारी परेकाले निर्विरोध सभापतिमा चयन भएको समितिका जेष्ठ सदस्य मानबहादुर विश्वकर्माले जानकारी दिए । नेपाल लोकतान्त्रिक पार्टीका जनकराज चौधरी पुष्पकमल दाहाल नेतृत्वको सरकारमा मन्त्री भएपछि समितिको सभापति पद रिक्त रहेको थियो । व्यवस्थापिका संसदको नियमावली २०७३ को नियम १ सय ८० को उपनियम ३ अनुसार वातावरण संरक्षण समितिको सभापति चयन गरिएको संसद सचिवालयले जनाएको छ ।