प्रदेश र प्रतिनिधि सभाको चुनाव हुनै नदिन सरकारले षडयन्त्र गरिरहेको ओलीको आरोप

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,२५ असार । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई अपराधि मानसिकताको संज्ञा दिएका छन । अध्यक्ष ओलीले असारभित्र संविधान संशोधन गरेर सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव हुनै नदिन षडयन्त्र गरिरहेको आरोप समेत लगाए ।

आज झापामा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिन आयोजित कार्यक्रममा बोल्दै उनले राष्ट्रहितलाई बेवास्ता गरेर आफ्ना क्षणिक स्वार्थ पूरा गर्न सत्तारुढ गठबन्धन लागि परेको आरोप पनि लगाए। उनले मुलुकलाई टुक्रा टुक्रा बनाउने काममा सरकार लागि परेको दावी पनि गरे । अध्यक्ष ओलीले स्थानीय तहको चुनावमा अन्तरघात गर्ने पार्टी नेता तथा कार्यकर्तालाई कडा कार्वाही गर्ने चेतावनी पनि दिए ।