विनियोजन विधेयक–२०७४ बहुमतले पारित

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,२६ असार । व्यवस्थापिका संसदले विनियोजन विधेयक–२०७४ पारित गरेको छ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गरेकाे विधेयक व्यवस्थापिका संसदको बहुमतले पारित गरेको हो ।
आर्थिक विधेयक–२०७४।०७५ माथि बैठकमा सांसदहरुले मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको विनियोजित बजेटका सम्बन्धमा राखेका जिज्ञासाको आज दिन सम्बन्धीत मन्त्रीहरुले जवाफ दिएका थिए । मन्त्रालयगत रुपमा जवाफ प्रस्तुत गरेका मन्त्रीहरुको संसदमा उपस्थित सांसदहरुले कतै समर्थन गरे भने कतै विरोध भयो ।
संसद सचिवालयले जवाफ दिन दुई दिनको समय उपलब्ध गराएकोमा हिजो पहिलो दिन ७ वटा मन्त्रालयका विभागीय मन्त्रीले जवाफ दिएका थिए भने बाँकीले आज जवाफ दिएका हुन ।
त्यसैगरी बैठकले आर्थिक विधेयक–२०७४ माथि विचार गरियोस् भनि अर्थमन्त्री कार्कीले प्रस्तुत गर्नु भएको प्रस्तावलाई स्विकृत पनि गरेको छ । सभामुख ओनसरी घर्तीले आर्थिक विधेयक – २०७४ माथि सैद्धान्तिक छलफल आगामी २९ गते गर्ने घोषणा पनि गरे ।

व्यवस्थापिका संसदमा राष्ट्र ऋण उठाउने विधेयक २०७४ विचार गरियोस् भन्ने अर्थमन्त्री कार्कीको प्रस्तावलाई सर्वसम्मतिले स्विकृत गरेको छ । त्यसअघि नेपाल मजदुर किसान पार्टीका सांसदहरु प्रेम सुवाल, अनुराधा थापामगर र डिल्ली प्रसाद काफ्लेले विभिन्न मन्त्रालयको शिर्षकको खर्च रकम घटाईयोस् भन्ने प्रस्तावलाई भने बैठकले अस्विकृत गरेको थियो ।