पाल्पाको तानसेनमा प्रेसर कुकर बम बिस्पोट

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

पाल्पा २७ असार । पाल्पाको सदरमुकाम तानसेन बजारमा बम विष्फोट भएको छ । मंगलबार बिहान करिब ४ बजे तानसेनको भगवतिटोलस्थित गणेश मन्दिर नजिकै प्रेसर कुकर बम विष्फोट भएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ। विष्फोटबाट कुनै क्षति नभएपनि स्थानीय भने त्रसित देखिएका छन् ।

बम विप्लव नेतृत्वको नेकपाले गराएको हुनसक्ने प्रहरीको आशंका छ । विप्लवको पार्टीले आज नेपाल बन्दको आह्वान गरेको थियो । बन्दको त्रास देखाउन विप्लवका कार्यकर्ताले बम पड्काएको हुन सक्ने प्रहरीले जनाएको छ । विस्फोट गराउनेको खोजी कार्य भइरहेको बताइएको छ । यसअघि हिजो राती बुटवलमा पनि बम बिस्पोट भएको थियो ।