अध्यक्ष दाहाल आज थाइल्याण्ड जाने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ९ वर्ष अगाडि

काठमाडौँ, २८  असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि आज थाइल्याण्ड जाने भएका छन ।

यसअघिकै कार्यतालिकाअनुसार पत्नी सीताको फलोअपका लागि अध्यक्ष दाहाल त्यसतर्फ जान लागेको  उनका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिए । अध्यक्ष दाहाल आगामी शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । लामो समयदेखि उच्च रक्तचाप लगायतका समस्याबाट पीडित सीताको नियमित स्वास्थ्य परीक्षणबाहेक अन्य कुनै कार्यसूची नरहेको उनको सचिवालयले जनाएको छ । रासस