भानुको योगदान अतुलनीय : प्रधानमन्त्री

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौँ, २९ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा, साहित्य र संस्कृतिको जगेर्नाका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्  । आदिकवि भानुभक्त आचार्यको दुईसय चारौँ जयन्तीका अवसरमा आज भानु प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाली साहित्य र भाषाको श्रीवृद्धिमा भानुको योगदान अतुलनीय रहेको बताए  ।

उनले मुलुकको समृद्धिका लागि भाषा साहित्यको उल्लेख्य भूमिका हुने पनि बताए  । समारोहमा साहित्यिक प्रतिभा र विद्यार्थीका प्रतियोगितामा विजयीलाई पुरस्कृत गरिएको थियो । प्रधानमन्त्री देउवाले भानुको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जलि व्यक्त गरे  । कार्यक्रम शुरु हुनुअघि रानीपोखरीबाट भानुको सम्मानमा प्रभातफेरिको आयोजना गरिएको थियो ।