मतदाता नामावली संकलन गर्ने निर्णयमा पुनर्विचार नहुने : यादव

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,१ साउन । निर्वाचन आयोगले मतदाता नामावली संकलन गर्ने आफ्नो निर्णयमा पुनर्विचार गर्न नसकिने अडान लिएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मतदाता नामावली संकलन गर्ने मिति र स्थान पुनर्विचार गर्ने अवस्था नरहेको प्रतिक्रिया दिए । उनले साउन १५ गते भित्र सबै जिल्ला सदरमुकामबाट मतदाता नामावली संकलनको काम सम्पन्न गर्ने आयोगको निर्णय यथावत रहेको स्पष्ट पारे ।

श्रावण १ गतेदेखि १५ गतेसम्म जिल्ला सदरमुकामबाट मतदाता नामावली संकलनको काम गर्ने निर्णय पुनर्विचार गर्न राजनीतिक दलहरुले निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै आएका छन । आयोगका प्रमुख निर्वाचन आयुक्त यादवले आयोग आफ्नो निर्णय अनुसार अघि बढने उल्लेख गरे । आईतबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय परिसरमा संचारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले श्रावण १५ गते भित्र पनि मतदाता नामावली संकलनको काम नसकिए परिस्थितिलाई हेरेर निर्णय लिन भने आयोग तयार रहेको पनि बताए । राजनीतिक दलहरुले आयोगलाई स्थानीय तहबाटै मतदाता नामावली संकलनको काम गराउन पनि आग्रह गर्दैै आएका छन ।राजनीतिक दलहरुले मतदाता नामावली संकलनका लागि १५ दिनको समय कम हुने धारणा राख्दै आएका छन ।