नहर भत्किँदा लघुजलविद्युत् परियोजना बन्द

arjun Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

बाबियाचौर (म्याग्दी), ३ साउन । रुख ढलेर नहर भत्किँदा म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटमा रहेको दाजुङखोला लघुजलविद्युत् परियोजना बन्द भएको छ । रुख ढलेर चालिस मिटर नहर भत्किँदा दाजुङखोला लघुजलविद्युत् सहकारी संस्थाद्वारा सञ्चालित ३० किलोवाट क्षमताको परियोजना बन्द भएको हो ।

परियोजना बन्द हुँदा मालिका गाउँपालिका–४ च्युरीबोट र ओखरबोटका ४०० घरधुरीमा विद्युत् आपूर्ति बन्द भएको सहकारीका अध्यक्ष नन्दबहादुर राम्जालीले जानकारी दिए । उनका अनुसार नहरमा रु चार लाख बराबरको क्षति पुगेको छ । आर्थिक अभावमा गत बुधबार भत्किएको नहर मर्मतमा ढिलाइ भएको छ ।