जमिन फाटेपछि गाउँबासीको जंगलमा बास

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ९ वर्ष अगाडि

मलेखु (धादिङ), ३ साउन । उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं २ रि गाउँस्थित प्रुन्दुङगाउँ पहिराको जोखिममा परेपछि गाउँबासी घर छाडेर जंगलमा बस्न थालेका छन् । केही दिनदेखिको वर्षाका कारण रिगाउँ मावि तलको भिर पहिरो लड्नै लागेको छ । जमिन फाटेर एक मि ठूलो धाँजा फाटेपछि प्रुन्दुङगाउँबासी घर छाडेर जंगलमा बसेको गंगाजमुना – २ का वडाध्यक्ष फैसिंह तामाङले बताए  ।
प्रुन्दुङ गाउँमा तामाङहरुका १२ घर छन् । गाउँबासी सबैले सोमबारदेखि नै घर छाडेको पहिरो प्रभावित अमृत तामाङले जानकारी दिए  । यससँंगैको सल्लेमा पनि सात घर छन् । पहिराको जोखिम बढेकाले उनीहरु सबैको पुनःस्थापना गर्नुपर्ने अवस्थामा रहेको गाउँबासीको भनाइ छ ।
सदरमुकाम धादिङबेंसीबाट एक दिनको पैदल दूरीमा रहेको प्रुन्दुङ गाउँका बालबालिका र वृद्धलाई खुला आकाशमुनि बस्नुपर्ने भएपछि समस्या परेको र भूकम्पपछि गाउँमा जोखिम बढे पनि समाधान गर्न नसकिएको वडाध्यक्ष तामाङको भनाइ छ ।
वर्षाका समयमा गाउँ नजिकै सवारी साधन पुग्न सक्ने अवस्था छैन ।