राप्रपा बैठक :वरिष्ठ नेता राणा आज पनि अनुपस्थित

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाडौँ, ५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीको बुधबारदेखि जारी केन्द्रीय कार्यसमितिको बैठक आज पुनः शुरु भएको छ । नयाँ बानेश्वरमा बुधबार शुरु भएको सो बैठक स्थान परिवर्तन गरी आज टङ्गालमा बसेको नेता राजाराम श्रेष्ठले जानकारी दिए  । बिहान ८ बजे शुरु गरिएको सो बैठकमा वरिष्ठ नेता पशुपति शम्शेर राणा आज पनि अनुपस्थित रहेका छन्  ।

परिमार्जित संविधान संशोधनको पक्षमा नेताले सुझाव दिनुभएको उक्त बैठकमा पार्टीले सरकारमा सहभागिता जनाउने विषयमा पनि टुङ्गो लगाइने सम्भावना छ । बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गरेको  राजनीतिक प्रतिवेदन, महामन्त्री ध्रुवबहादुर प्रधानले प्रस्तुत गरेको  स्थानीय तहको निर्वाचन समीक्षासम्बन्धी प्रतिवेदन, अर्का महामन्त्री जयन्त चन्दले प्रस्तुत गर्नुभएको सांगठनिक अवस्था र भावी रणनीतिसम्बन्धी प्रतिवेदनका बारेमा छmलफल शुरु भएको प्रवक्ता भुवन पाठकले बताए  । शुक्रबारसम्म जारी रहने उक्त बैठकमा कोषाध्यक्ष उद्धव पौडेलले प्रस्तुत गरेको  भएको पार्टीको आर्थिक गतिविधिसम्बन्धी प्रतिवेदनमा केन्द्रीय सदस्यले आ–आफ्ना धारणा तथा दृष्टिकोणका साथै सुझाव दिने छन्  । रासस