पाँचथर, २३ साउन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजपा अब प्रदेश नम्बर २ मा हुने चुनावमा भाग लिने बताएका छन् ।पाँचथरको फिदिममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा यादवले भने ‘‘जित्ने हार्ने भन्दा पनि चुनावमा भाग लिनु नै राजपाका लागि जित हो ।’’ सरकारले २ नम्बर प्रदेशको चुनाव दोस्रो चरणमै गराउनुपर्ने तर सोही समयमा निर्वाचन नगरेर गलत गरको उनले आरोप लगाए ।
अध्यक्ष यादवले प्रादेशिक संरचनामा अहिलेको ७ वटा प्रदेशले शान्ति र स्थिरता कायम गर्न नसक्ने बताए । अब छुटेका विषयलाई संशोधनको माध्यमबाट सम्बोधन गर्नुपर्नेमा उनको जोड थियो । यस्तै उनले नयाँ शक्ति पाटीसँग एकीकरण गर्ने प्रयास जारी नै रहेका निकट भविष्यमा दुई पार्टीबीच एकता हुने सम्भावना औँल्याए । रासस

