सरकारी कर्मचारीसहित नौजना जुवाडे पक्राउ

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

डडेल्धुरा, २९ साउन । डडेल्धुरा जिल्ला सदरमुकामस्थित एक होटेलबाट प्रहरीले नौजना जुवाडे पक्राउ गरेको छ । शनिबार अमरगढी नगरपालिका–५ कीर्तिपुर नजिकै रहेको मित्र होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए  ।

जुवा खेलिरहेको अवस्थामा जिप्रका डडेल्धुराको विशेष टोलीले उनीहरुको साथबाट रु चार हजार ७० समेत फेला पारेको हो । पक्राउ पर्नेमध्ये अधिकांश व्यक्ति जिल्लाका सरकारी कार्यालयका कर्मचारी रहेको नायब उपरीक्षक शाहीले जानकारी दिए  । जुवाडेलाई प्रहरीले नियन्त्रणमा राखी थप अनुसन्धान थालेको छ । चाडपर्व नजिकिएसँगै डडेल्धुराको बागबजारमा खुलेआम जुवातास खेल्ने र खेलाउनेको संख्या बढेको पाइन्छ । पछिल्लो समयमा प्रहरीले जुवातास नियन्त्रणमा सक्रियता बढाएको छ ।