नेपालमा बाढि पहिरोबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानद्धारा गहिरो दुःख व्यक्त

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,३० साउन । पाकिस्तानले नेपालमा बाढि, पहिरो र डुबानबाट भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।पाकिस्तानका राष्ट्रपति ममनून हुसैनले छिमेकी मुलुकहरुसँग आफूले रचनात्मक र सकारात्मक सम्बन्ध विस्तार गर्न चाहेको पनि बताए । उनले आतंकवादी विरुद्धको लडाईमा सहकार्य गरेर अघि बढ्न पाकिस्तान सरकार सदा तत्पर रहेको पनि स्पष्ट पारे । पाकिस्तानको ७० औं स्वतन्त्रता दिवसको अवसर पारेर पाकिस्तानी दुतावासले आज (सोमबार) काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति हुसैनको शुभकामना सन्देश पढेर सुनाउँदै नेपालका लागि पाकिस्तानी राजदुत मजर जाबेदले पाकिस्तान सबै छिमेकसँग रचनात्मक र सकारात्मक सम्बन्ध कायम गरेर अघि बढन प्रतिवद्ध रहेको उल्लेख गरे।राजदुत जावेदले नेपाल–पाकिस्तानबीचको सम्बन्ध अझै सदृढ हुँदै जाने विश्वास पनि व्यक्त गर्नु भयो । पाकिस्तानले प्रजातन्त्रको सुदृढिकरणलाई जोड दिँदै आएको छ ।