काठमाण्डौ,३१ साउन । चिकित्सा क्षेत्रको सुधारको माग राख्दै २३ दिन देखि आमरण अनसनमा बस्दै आएका डा. गोविन्द केसीले आज अनसन तोडेका छन। बाढी पहिरोले देश आक्रान्त बनेको बेला आफु अनसनमा बसिरहनु उचित नहुने महशुस गर्दै उनले अनसन तोडेका हुन ।यो पटक डा. केसीले सरकारसँग कुनै सम्झौता गरेका छैन ।
बिशेष गरि तराईमा बाढिबाट थुप्रै ब्यक्तिले अनाहकमा ज्यान गुमाएको ह्दय बिदारक घटनाबाट बिक्षिप्त बन्नु भएका डा केसीले ति ठाउँमा पुगेर मलम लगाउन अनसन तोड्नु भएको उनी निकट चिकित्सकहरुले बताएका छन ।
मानविय दयाभावले भरिएको मन भएका डा केसी जहाँ बिपत्ति आइपर्छ त्यहा मलम लगाउन पुग्ने गरेका छन । चाहे त्यो भूकम्पको बेलामा होस् या पश्चिम नेपालका कतिपय ठाउँमा सरुवा रोगले सिङगो गाउँबस्ति आक्रान्त बनेका बेला झोलामा औषधि बोकेर पुगेका थिए ।
सरकारले पनि बिपतको यस घडिमा डा केसीलाई अनसन तोड आग्रह गर्दै आएको थियो । डा केसीले राखेका मागहरु मध्ये चिकित्सा शिक्षा विधेयक बाहेकका अधिकांश माग सम्बोधन भएको जनाएकोे छ । त्रिभुवन विश्वविद्यालयले मेडिकल कलेजको सिट र शुल्क निर्धारणको अधिकार आईओएममा फिर्ता गरेको छ ।
डा. केसीले अनसन तोडेपछि आईओएमका डिनले सिफारिस गरेका चार जनालाई नै सहायक डिन नियुक्त गर्न पनि त्रिभुवन विश्वविद्यालय सहमत भएको छ । यससँगै चिकित्सा शिक्षा विधेयक केही दिन ‘होल्ड’ हुनेछ ।