प्रधानमन्त्री फेरी पुगे बाढी प्रभावित क्षेत्रको निरीक्षणमा, पीडितलाई राहत वितरण

arjun Latest Update , MainNews/प्रमुख समाचार , ७ वर्ष अगाडि

गुलरिया (बर्दिया), १ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले बर्दियाको बाढी प्रभावित क्षेत्रको आज हवाई तथा स्थलगत निरीक्षण गरेका छन्  ।
गुलरिया नगरपालिका–८ स्थित गोलपार्कमा बाढी विस्थापितसँग भेटघाट गर्नुहुँदै प्रधानमन्त्री देउवाले सरकारले सक्दो चाँडो क्षतिपूर्ति उपलब्ध गराउने बताए  । उनले बाढी पीडितलाई राहत उपलब्ध गराउन सरकार लागिपरेको बताए  ।
बाढीबाट अत्यधिक धनजनको क्षति भएकामा प्रधानमन्त्री देउवाले दुःख व्यक्त गरे । तत्काल क्षति अनुसारको सहयोग गर्न नसके पनि बाढी पीडितलाई औषधि उपचार, बिचल्लीमा परेकालाई लत्ताकपडा तथा खाद्यान्न उपलब्ध गराउने उनले आश्वासन दिए  । बाढीबाट बर्दियामा एक हजारभन्दा बढी परिवार विस्थापित भएका छन् । बाढी पीडित अहिले जिल्लाका ४१ वटा विद्यालयमा शिविर खडा गरेर बस्दै आएका छन् । रासस