बाढीपीडित बालबालिकालाई एसओएसले संरक्षण गर्ने

arjun Latest Update , MainNews/प्रमुख समाचार , ७ वर्ष अगाडि

भक्तपुर, २ भदौ । एसओएस बालग्राम नेपालले बाढीपहिराका कारण आफ्ना बाबुआमा गुमाएका केटाकेटीलाई संरक्षण गर्ने भएको छ ।
पहाडी जिल्ला इलाम र तराईका बाँके, बर्दिया, सुनसरी, मोरङ, इटहरी, बारा, पर्सा, रौतहट, सिरहा, सलार्ही महोत्तरीसहित ३० जिल्लाका बाढीपहिराको चपेटामा परेका र बाबुआमा गुमाएका बालबालिकाको संरक्षण गरिने भएको हो ।

नेपालमा बाबुआमा गुमाएका केटाकेटीको संरक्षण, उचित लालनपालन, रेखदेख, स्याहार र तिनलाई गुणस्तरीय शिक्षा दिँदै आएको अन्तर्राष्ट्रिय संस्था एसओएस बालग्राम नेपालका राष्ट्रिय निर्देशक ईश्वरीप्रसाद शर्माले एसओएस बालग्राम भएका जिल्लाका सबै बालग्रामलाई आमाबुवा गुमाएका केटाकेटीलाई सम्बन्धित जिल्ला बालकल्याण समितिका सिफारिसका आधारमा तत्कालै संरक्षणमा लिनका लागि निर्देशन जारी गरिएको बताए  ।

बालग्रामले बाढीपहिराबाट प्रभावित ३० जिल्लाका त्यस्ता बालबालिकाको लगत संकलन सुरु गरेको छ । बाढीपहिराका कारण सुनसरी र मोरङका ६०० बालबालिकाको विद्यालय पोशाक, किताबकापी बाढीले बगाएकाले यसको सट्टाभर्नाका लागि बालग्रामले पहल गरिरहेको बताइएको छ । रासस