प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डा तय, पुराना संन्धि सम्झौतालाई नै पुनरावलोकन गरिने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,५ भदौ । मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका एजेण्डा पनि तय गरेको छ । प्रधानमन्त्री देउवाको राजकिय भ्रमणका बेला उठाउनुपर्ने विषय माथि छलफल गरी बैठकले स्पष्ट एजेण्डा तय गरेको हो ।

भ्रमणका क्रममा पुराना संन्धि सम्झौतालाई पुनरावलोकन गर्ने, लक्ष्मणपुर बाँध, कोशी बाँध लगायत विभिन्न बाँधबाट पुगेको क्षति नोक्सानीका बारेमा छलफल गरिने छ । त्यसैगरी कोशी बाँध बनाउने समयमा भारत सरकारले दिने भनिएको भारतीय रुपैया ५० करोड अहिले सम्म उपलब्ध नगराईएको बारेमा कुरा उठाईने भएको छ । भ्रमणका क्रममा पञ्चेश्वर वहुउद्देश्यि आयोजनाको बारेमा छलफल हुनुको साथै सन् १९५० को सन्धिका असर र प्रभाव तथा दुईपक्षीय सुपुर्दगी सन्धि, नेपाल भारत अन्तरदेशिय रेल सेवा संञ्चालन , वाणिज्य व्यापार तथा लगानी लगायत विषय भ्रमणका क्रममा प्राथमिकतामा राखिने छ । त्यसैगरी भुकम्प पुर्ननिर्माण प्राधिकरणलाई भारतले दिने भनिएको रकम अहिले सम्म उपलब्ध नगराएकाले अबिलम्ब उपलब्ध गराउन पनि भारतको ध्यानाकर्षण गराईने भएको छ ।प्रधानमन्त्री देउवाले बुधबार भारतको औपचारीक भ्रमण गर्ने कार्यक्रम छ ।