निर्वाचनको मुखमा सरकार विस्तार गरिएको प्रति एमालेको आपत्ति

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाडौं, २६ भदौ । प्रमुख विपक्षी दल नेकपा एमालेले मन्त्रिपरिषद विस्तार प्रति आपत्ति जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रक्रिया नै सुरु भई सकेको अवस्थामा मन्त्रिपरिषद् विस्तार गर्नु आचारसंहिता विपरित भएको भन्दै एमालेले आपत्ति जनाएको हो ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले अहिले सरकार बिस्तारको कुनै अर्थ नरहेको बताएका छन् । उनले मन्त्रिपरिषद् बिस्तारको अनुचित कार्य नरोके एमालेले प्रतिवाद गर्ने बताए । उनले निर्वाचन आयोगका पदाधिकारीको समेत ध्यानाकर्षण गराएका छन् ।
पूर्व सभामुखसमेत रहेका नेम्वाङले निर्वाचन आचारसंहिता लागु भएपछि कुनै पनि तह वा निकायको नियुक्ति, सरुवा, बढुवा गर्न नमिल्ने भन्दै उनले यसलाई तुरुन्त रोक्नुपर्ने बताए । साथै एमालेले आचारसंहिता विपरीत जिल्ला न्यायाधीशहरुको सरुवा गर्न लागिएको भन्दै आपत्ति जनाएको छ ।