सरकार सत्ता लम्ब्याउने खेलमा लागेको एमाले अध्यक्ष ओलीको आरोप

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

चितवन,४ असोज । नेकपा एमालेका अध्यक्ष केपी ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकार सत्ता टिकाउने खेलमा लागेको आरोप लगाएका छन । एमालेले नवलपरासीको गैंडाकोटमा आयोजना गरेको आमसभामा अध्यक्ष ओलीले वर्तमान सरकार सत्ता टिकाउनका लागि विदेशीसँग जस्तोसुकै सम्बन्ध राख्न तयार भएको बताए । आर्थिक समृद्धि र संविधान कार्यान्वयनको समयमा सरकार सत्ता बचाउने खेलमा लागेकाले राष्ट्रिय स्वाधीनता धरापमा परेको उनले टिप्पणी गरे ।
अध्यक्ष ओलीले सरकार मन्त्री थप्ने र विदेशीसँग घुँडा मात्र टेक्ने गरेपछि मुलुक अनिर्णयको बन्दी बनेको बताए । ओलीले न्यायलयले सरकारसँग मिलेर भरतपुरका देवी ज्ञवाली र प्रहरी अधिकारी नवराज सिलवाल माथी अन्याय गरेको आरोप लगाए । आगामी प्रदेश र प्रतिनिधि सभाको चुनावको नतिजा पनि एमालेकै पक्षमा आउने उनको दाबी छ ।