साझा प्रकाशनका महाप्रबन्धक शर्मा पदमुक्त

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडाँै, ९ असोज ।शिक्षा मन्त्रालयले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्मालाई पदमुक्त गरेको छ । साझा प्रकाशनबारे उठेका विवाद छानबिन गर्न मन्त्रालयले गठन गरेको कार्यदलका आधारमा शर्मालाई उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको आजको निर्णयबाट पदमुक्त गरिएको मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले जानकारी दिए । विसं २०७१ मा मन्त्रालयबाट अध्यक्षमा नियुक्त शर्मालाई सञ्चालक समितिले महाप्रबन्धकसमेत बनाएको थियो ।