चितवन,१० असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा एक्लै लडेर चुनाव जित्ने कोसिसमा आफ्नो पार्टी लागि परेको बताएका छन । अध्यक्ष दाहालले चुनावी तालमेलका लागि काँग्रेस र एमालेसँग पनि छलफल भईरहेको जानकारी दिए । चितवनको भरतपुरका संचारकर्मीमाझ कुरा गर्दै उहाँले आफू चितवनबाटै चुनाव लडने पनि स्पष्ट पारे ।अध्यक्ष दाहालले मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन पनि संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरसँग सहकार्य गरेर अघि बढनुको विकल्प नरहेको पनि बताए ।