दशैँकै बेला खाना पकाउने ग्यासको अभाव

arjun Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

कञ्चनपुर, १२ असोज । दशैँकै बेला कञ्चनपुरमा खाना पकाउने एलपिजी ग्यासको चर्को अभाव भएको छ । खाना पकाउने ग्यासको चर्को अभाव भएपछि उपभोक्ता मर्कामा परेका छन् । शहरदेखि गाउँसम्मका अधिकांश उपभोक्ता खाना पकाउने ग्यास प्रयोग गर्दै आएका छन् ।
झलारी बजारमा ग्यास व्यवसाय गर्दै आएका  मदनराज भट्टले ग्यास कम्पनीबाटै थोरै ग्यासका सिलिण्डर आउँदा उपभोक्ताले हैरानी खेप्नु परेको बताए।