गौचन हत्याको अनुसन्धान गर्न प्रहरीद्धारा दुई छुट्टाछुट्टै समिति गठन

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ८ वर्ष अगाडि

काठमाडौँ ,२४ असोज । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको अनुसन्धान गर्न प्रहरीले दुई वटा समिति गठन गरेको छ।प्रहरी प्रधान कार्यालय नक्सालले केन्द्रीय अनुसन्धान व्यूरोका एसएसपी शेरबहादुर बस्नेतको नेतृत्वमा पाँच सदस्य टोली गठन गरेको छ ।बस्नेतको टोलीमा डिएसपी अजय केसी,अंगुर जिसी र दिपेन्द्र अधिकारी लगायत रहेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज न्यौपानेले बताए ।
घटनाको बारेमा अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो, महानगरीय अपराध अनुसन्धान महाशाखा, महानगरीय प्रहरी कार्यालय लगायतबाट टोली परिचालन गरिएको छ ।त्यस्तै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले पनि महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीको नेतृत्वमा पनि पाँच सदस्य छानबिन समिति गठन गरेको छ।