नयाँ संविधानको व्यवस्था अनुसार रुपान्तरित ब्यवस्थापिका संसदको आयु आजदेखि सकियो

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाडौँ २७ असोज । रुपान्तरित ब्यवस्थापिका संसदको आयु सकिएको छ । आज दिउँसो बस्ने बैठक नै चालु संसदको अन्तिम बैठक हुनेछ । बैठक दिउँसो ३ बजेका लागि डाकिएको छ । २०७२ असोज ३ गते संविधान जारी भएपछि संविधानसभाबाट रूपान्तरित भएको थियो । ६ सय १ सदस्यीय संविधानसभा संविधान जारी भएपछि कार्यान्वयनमा महत्वपूर्ण कार्य गर्नुपर्ने भन्दै संसद्मा रूपान्तरण भएको थियो । नयाँ संविधानको व्यवस्थाअनुसार संसद् स्वतः विघटन हुन लागेको हो ।

संसद्को म्याद माघ ७ गतेसम्म रहे पनि त्यसअगावै प्रतिनिधिसभा निर्वाचन हुने भए मनोनयनको अघिल्लो दिन स्वतः समाप्त हुने संवैधानिक व्यवस्थाअनुसार संसद्को आयु शनिबार समाप्त हुँदै छ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने दिन आइतबार तोकेको छ ।